निजगढको जंगलले किन निम्त्यायो विकास र विनाशको विवाद ?

काठमाडौं । सोमबार प्रतिनिधिसभाको बैठकमा बाराबाट निर्वाचित राजपा संसाद एकवाल मियाँले भने-निजगढ विमानस्थलका लागि रुख काटिएवापत बारामै रुख रोप्न सकिने १० गुणा बढी जग्गा छ, त्यहाँ रुख रोपौं ।

निजगढमा जंगल मासेर अन्तर्राष्ट्रिय विमानस्थल बनाउन लागिएको भन्दै एकथरी अभियन्ताले विरोधको गरिरहेको र सरकारले एउटा रुख काट्दा २५ वटा नयाँ रुख रोपिने जवाफ दिइरहेका बेला सोही जिल्लाका सांसदको यो प्रस्ताव आफैंमा ‘न्युज मेकर’ हो ।निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने चर्चा चलेको २५ वर्ष पुग्यो । विमानस्थल बनाउने निधो भएको चाहिँ १० वर्ष पुग्यो । विमानस्थलका लागि जग्गा अधिग्रहणदेखि, वातावरणीय प्रभाव मूल्यांकनलगायतका धेरै प्रक्रिया अघि बढेको पनि लामो समय भयो । अहिले सरकारले विमानस्थल निर्माणका लागि आशयपत्र समेत जारी गरेपछि पक्ष र विपक्षमा बहस शुरु भएको छ ।

सरकार २ लाख ५० हजार रुख काट्नुपर्ने भन्दैछ । तर, अभियन्ताले २५ लाख रुख काट्न लागिएको भनेका छन् । सरकार एउटा रुख काटेबापत २५ वटा नयाँ विरुवा रोप्ने सरकार पक्षको भनाइ छ । तर, अभियन्ताहरु चाहिँ ती विरुवा कहाँ रोपिन्छ भनेर सरकालाई प्रश्न गरिरहेका छन् ।

सरकार र अभियन्ताको सवाल-जवाफमा बाराका सांसदले समाधान सुझाएका छन्- नयाँ रुख बारामै रोपौं, दश गुणा ठूलो क्षेत्र बाँकी नै छ

Comments