बन्दको अवज्ञा गरेको भन्दै आफ्नै सहकर्मीहरुलाई जुत्ताको माला लगाएपछि…..

नयाँ मुलुकी ऐनले यातायात व्यवसायीहरुलाई अंकुश लगाउने कोशिष गरेको भन्दै देशैभरका यातायात व्यवसायीले यातायात ठप्प पारेका छन ।
सार्वजनिक यातायात मजदुरहरुले तीन दिन देखि देशभरमा गाडी चलाएका छैनन् ।
मुलुकी ऐनको केहि बुँदाहरुको संशोधनको माग गर्दै यातायात ब्यवसायीहरु आन्दोलित भएका हुुन ।
उनीहरुले सवारी साधान एक ठाउँमा थन्काएर आन्दोलनमा उत्रेका छन ।
यसैबीच बन्दको अवज्ञा गरेको भन्दै आफ्नै सहकर्मीहरुलाई जुत्ताको माला लगाएका छन् ।
आन्दोलनकारीले धादिङको सिम्ले, झापाको विर्तामोड, कपिलवस्तुको चन्द्रौटा, महोत्तरीको वर्दिवास, बारा, पर्सा लगायतका जिल्लाहरुमा यात्रुसहितका सवारी साधनलाई रोकी चालकलाई जुत्ताको माला लगाएका छन् ।
पूर्वघोषित कार्यक्रम सवारीको चाबी बुझाउने भएपनि चालकलाई कालोमोसो, जुत्ताको माला लगाउने जस्ता गतिविधिमा उत्रिएका छन् ।
सडकका गुडेका सवारीहरुलाई रोक्ने र विभिन्न ठाउँमा जुत्ताको माला लगाएर मानमर्दन गर्ने काम भएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले जनाएको छ ।
मुलुकी अपराध संहिता र यातायात व्यवस्था ऐन २०४९ मा भएको संशोधनमा दुर्घटनामा कसैको मृत्यु भए चालकलाई ५ देखि १२ वर्ष कैदको व्यवस्था भएको भनी झुटो प्रयास भएको उनले बताए ।

Comments