
प्रेमसम्बन्धको सुरुवातमा सबैलाई आफ्नो प्रेमी वा प्रेमीकाको सबैकुरा राम्रो लाग्छ । सायद त्यसैले नै भनिएको होला-प्रेममा मानिस अन्धो हुन्छ ।
तर, विस्तारै समय बित्दै जाँदा प्रेम सम्बन्धमा पनि चिसोपना आएको उदाहरणहरु हामीले धेरै देख्न सक्छौं । प्रेम सम्बन्धमा एक अर्कालाई माया गरेर मात्रै पुग्दैन एक अर्काको मनको कुरा बुझ्न सक्नुपर्छ ।हरेक प्रेम सम्बन्ध भरोसा र विश्वासमा टिकेको हुन्छ । कुनै पनि प्रेम सम्बन्धमा भरोसा र विश्वासमात्रै होइन एक अर्काप्रति सम्मान पनि हुन आवश्यक छ ।
कुनै पनि सम्बन्धमा तपाईं आफ्नो पार्टनरसँग खुसी हुनुहुन्छ कि हुनुहुँदैन भन्ने कुराले विशेष महत्व राख्छ । प्रेम सम्बन्धमा एक अर्काको महत्व र सम्मान भएन भने त्यो सम्बन्ध धेरै टिक्न सक्दैन ।
हुन त आजकाल फास्टफुड शैलीको सम्बन्धमा धेरै युवायुवतीहरु अल्झिरहेका छन् । केही दिनमै प्रेमसम्बन्ध गाँसिन्छ, डेट गर्छन् अनि फेरि केही कुरामा चित्त बुझ्दैन त्यसपछि ब्रेक अप हुन्छ र त्यसको केही समयपछि अर्कैसँग प्रेमसम्बन्ध गाँसिन्छ ।
Comments
Post a Comment