
मानिसहरु रेष्टुरेन्टमा खाना खानाको लागी गएका हुन्छन् । तर दक्षिणकोरियामा एक जना ब्यक्तिको लागी रेष्टुरेनको खाना यति महंगो भएको छ की उसको हात नै गुमाउनु परेको छ । दक्षिणकोरियामा एक ७० वर्षै ब्यक्तिले रेष्टुरेन्टमा गएर माछा र भातबाट बनेका खाना खाएका थिए ।
उक्त माछा र भातबाट बनेका सुशी नामक परिकार खाए पछि व्यक्तिले जीवनमा कहिल्यै नसोँचेको परिस्थितिको सामना गर्नुपरेको छ । रेष्टुरेन्टबाट खाएर फर्किएको १२ घण्टाभित्रै उनले आफ्नो हातको छाला कुहिन थालेको अनुभव गरे । बिस्तारै उनको हत्केलामा ठूलो फोका उठ्यो । दुई दिनसम्म उनले असहनीय पीडा झेले । त्यसपछि जब उनी डाक्टरकोमा पुगे तब उनको हात कुहिनुको कारण पत्ता लाग्यो । वास्तवमा मासु खाने ब्याक्टेरियाको संक्रमणका कारण उनको हात यस्तो भएको रहेछ । डाक्टरले तत्कालै उनको हातबाट पिप निकाले । पहिलेदेखि नै मधुमेहबाट पीडित ति ब्यक्तिको त्यो त्यतिबेलासम्म ढिलो भैसकेको थियो ।
मिर्गौलाको रोगी समेत रहेका उनलाई डाक्टरहरुलेसुईबाटै एन्टिबायोटिक्स औषधि दिए, जसले उनको अवस्था झनै गम्भीर भयो । उनको अवस्था झनै बिग्रिदै गएको र हातको संक्रमणमा पनि सुधार नआएको हुँदा डाक्टरहरुले वृद्धको ज्यान बचाउनका लागि उनको हात काट्न बाध्य भए । उनको उपचारमा संलग्न डाक्टरहरुको अनुसार सुशी खाएकै कारण ती मानिसमा छालाको संक्रमण भएको हो । सो संक्रमीत हात काटेर फ्याँकेसँगै ती व्यक्तिको स्वास्थ्यमा तीव्र गतिमा सुधार आएको थियो ।
Comments
Post a Comment