
कञ्चनपुरमा फेरी अर्की बालिका बलात्कृत भएकी छन् । निर्मला पन्त बलात्कारपछि हत्या प्रकरण सेलाउन नपाउँदै फेरी अर्की बालिका बलात्कृत भएकी हुन् । कञ्चनपुरको महाकाली नगरपालिका वडा नम्बर ४, सुर्खेती टोलकी १० वर्षीय बालिका बलात्कृत भएकी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।
घटनाबारे जानकारी प्राप्त हुनसाथ इलाका प्रहरी कार्यालय, दोधाराबाट खटिएको प्रहरी टोलीले एक जनालाई पक्राउ गरेको छ । धानबारीमा लुकेर बसेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले स्थानीय ४० वर्षीय आइते सुनारलाई पक्राउ गरेको छ ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । निर्मला पन्तको हत्याको दोषीालाई कारवाही हुन नसकेको भन्दै स्थानीय आन्दोलित भइरहेको बेलामा अर्की बालिका बलात्कृत भएकी हुन् ।
साभार: Osnepal
Comments
Post a Comment