महेन्द्रनगर : नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारा जो सुकै भएपनि नछोडिने बताएका छन्।
बिहीबार कञ्चनपुर पुगेका आईजीपी खनालले साँझ बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तका परिवारसँग भेट गर्दै यस्तो बताएका हुन्।उनले हत्यारा खोज्न समय लागे पनि पत्ता लगाएर छोड्ने प्रतिवद्धता परिवार सामु जनाएका छन्। अपराधिलाई कुनैपनि हालतमा नछोडिने बताउँदै आईजीपी खनालले ढिलो चाडो पक्राउ गर्ने बताए।
बिहीबार साँझ महेन्द्रनगर पुगेका आईजीपी खनाल प्रहरी कार्यालयको निरीक्षण पश्चात सोझै घट्नास्थल पुगेका थिए। उनले निर्मला पन्तको हत्या र अहिलेसम्म भइरहेको अनुसन्धानका बारेमा जानकारी लिएपछि निर्मलाका परिवारसँग भेट गरेका हुन्।
‘अपराधि कुनैपनि हालतमा पक्राउ गर्छौ, ढुक्क हुनुस्’ आईजीपीको भनाइ उधृत गर्दै निर्मलाकी आमा दुर्गादेवीले भनिन्।
भेटका क्रममा निर्मलाकी आमा दुर्गादेवीले घट्ना भएको ४३ औं दिन बितिसक्दासमेत हत्यारा पहिचान हुन नसकेकोप्रति चिन्ता व्यक्त गरिन्।
उनले घट्नामा प्रहरीको नै संलग्नता भए के गर्ने भनि सोधेको प्रश्नमा आईजीपी खनालले अपराधि कुनैपनि हालतमा उम्कन नपाउने र पत्ता लगाएरै छाड्ने बताएका हुन्।
राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिप रेग्मीसहित
Comments
Post a Comment