अध्यक्ष गान्धी धार्मिक यात्रामा

अध्यक्ष गान्धी धार्मिक यात्रामा
काठमाडौँ, १६ भदौ :भारतीय काङ्ग्रेस आईका अध्यक्ष राहुल गान्धी आज यहाँबाट ल्हासातर्फ प्रस्थान गर्नुभएको छ । धार्मिक यात्राका लागि मानसरोवर जाने क्रममा शुक्रबार काठमाडाँै आउनुभएका अध्यक्ष गान्धी एयर चाइनाको उडानबाट आज दिउँसो ल्हासा प्रस्थान गर्नुभएको सुरक्षा स्रोतबाट थाहा भएको छ ।

काठमाडाँैमा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि वङ्गाल खाडीको प्रयास(बिम्स्टेक)को शिखर सम्मेलन चलिरहेको बेला गान्धी काठमाडाँैमा आइपुग्नुभएको थियो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र भारतका प्रमुख प्रतिपक्षी दलका अध्यक्ष गान्धी काठमाडाँैमा एकै समय रहनुलाई एउटा संयोगकै रुपमा हेरिएको छ ।
-रासस

Comments