भारतको सहयोगमा यसरी आउन सक्छ राजसंस्था, रहस्यमय भ्रमण क्रममा बन्दै छ डिजाइन

काठमाडौं – राजनीतिक अस्थिरता निम्त्याउँदै भारतको सहयोगमा दरबारले टाउको उठाउने खेल सुरु गरेको छ । यसैका लागि निरन्तर पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वयुवराज्ञी हिमानी शाहको थाइल्यान्डदेखि भारतसम्मको भ्रमणको कार्यक्रम तय भएको थियो ।अहिले थाइल्यान्डमा रहेका ज्ञानेन्द्र र हिमानी केही समयमा भारत भ्रमणका लागि पुग्नेछन् । उनीहरूको व्यवस्था परिवर्तनका लागि भएको कसरतलाई भने दरबारले अस्वीकार गरेको छ ।शाही सचिवालयका प्रेस तथा सूचना हेर्ने अधिकारी डा. फणि पाठकले एउटा विज्ञप्ति जारी गर्दै ‘दरबारसँग जोडिएर आएका राजनीतिक विषयमा सत्यता नभएको’ दाबी त गरेका छन् । तर दरबारको पतन गराउने भारतीय कार्डमार्फत नै दरबारको साख उठाउने तयारी भइरहेको उच्च स्रोतहरूको दाबी छ । यो खबर आज मंगलबार प्रकाशित ‘जनप्रहार’ राष्ट्रिय साप्ताहिक अखबारमा छापिएको छ ।यसैको संकेतका आधारमा नै पूर्वराजा ज्ञानेन्द्र शाहले २०१९ को भारतीय चुनावपछि नरेन्द्र मोदीको सत्तारोहणको दोस्रो इनिङ हुँदा नेपालमा राजतन्त्र फर्किने र आफु कुनै न कुनै प्रारूपमा पुर्नस्थापित हुने संकेत गरेको हल्ला डिजिटल मिडियामा प्रकाशित भए ।
पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले ज्ञानेन्द्रका पालामा तत्कालिन माओवादीसँगको वार्तामा भारतको सक्रियतालाई ध्यान नदिँदा नै राजतन्त्रको अवशानको विन्दु पहिल्यिएको संकेत गरेका छन् । नेपालमा बढेको अन्धराष्ट्रवाद र भारतविरोधी भावनालाई अन्त्य गर्न पनि त्यहाँको संस्थापनले पूर्वराजालाई सहयोग गर्ने बताइएको छ ।भारतीय संस्थापनसँग सिधा सम्पर्क रहेका व्यापारी, उद्यमी, एजेन्सीका अधिकारीलाई बैंककमा पूर्वराजाले भेटेका छन् । स्रोतहरूको दाबी छ– नेपालमा फेरि अस्थिर राजनीति बनाएर राजतन्त्रलाई फर्काउने तयारी भएको छ ।भारतले नेपालमा तत्कालिन विशेष दूत करण सिंहमार्फत राजा ज्ञानेन्द्रलाई सहमतिमा ल्याउने प्रयास गरेको थियो । ज्ञानेन्द्रले जनआन्दोलनका समयमा आफुलाई जोगाउनका लागि भारतीय सन्देश कार्यान्वयन गरे पनि भिँडले उनलाई स्वीकारेको थिएन ।
नेपालका दुई फरक व्यवस्थाका नेतृत्वकर्ताको बारम्बारको थाइल्यान्ड र भारत भ्रमण उच्च अधिकारी र एजेन्सीका अधिकारीसँगको भेट नेपालमा कुनै ठूलो राजनीतिक वा व्यवस्था परिवर्तनको संकेत गरेको बताइन्छ ।अहिले भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसीस विङ (रअ), इन्टेलिजेन्स व्युरो (आइबी) र भारतीय जनता पार्टीका केही अधिकारी पनि बैंककमा छन् ।सत्ताको नेतृत्व गरिरहेको नेकपाभित्र भारतले प्रकारान्तरले खेल्ने तयारी गर्नुले पनि संशय उत्पन्न गराएको हो । कुनैबेला देशमा सांस्कृतिक राजा हुनसक्ने संकेत गरेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग उच्च तहमा व्यवस्थाको विषयमा भारतीय संस्थापनले कुराकानी गरेको थियो ।

Comments