पोखरामा घरको छतबाट खसेर १४ वर्षीय बालक घाईते
पोखरा २ असोज ।घरको १ तल्लामाथिबाट खसेर एक व्यक्ति घाईते भएका छन् ।
आज विहान करिब ११ बजेको समयमा पोखरा महानगरपालिका वडा नं १७ छोरेपाटन बस्ने १४ वर्षीय ईन्तियाज आलम गम्भीर घाईते भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।भारतको बेतिया घर भएका उनी पोखरामा घर प्लास्टर गर्ने काम गर्दै आएका थिए । छोरेपाटन स्थित लक्ष्मण बास्तोलाको घरको प्लास्टर गर्ने क्रममा १ तला माथिबाट खस्दा उनी घाईते भएका हुन् । हाल उनको मणिपाल अस्पताल अस्पतालमा उपचार भईरहेको छ । घटनास्थलमा प्रहरी टोली पुगेर थप अनुसन्धान भईरहेको जनाईएको छ ।
Comments
Post a Comment