चर्चित नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह र डेब्यु नायक धिरज मगर स्टारर फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ को तेस्रो गीत आज एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । “जुरायो जुरायो” बोलको सार्वजनिक गीतमा राजेश पायल राई र मेलिना रार्ईको आवाज र बसन्त सापकोटाको संगित र शब्द रहेको छ ।गीतमा साम्राज्ञी र फिल्मका अर्का नायक सारुख ताम्राकार फिचर्ड रहेका छन् । गीतमा साम्राज्ञी र सारुखको इन्गेज्मेण्ट हुनु पुर्वको परिस्थितीलाई देखाईएको छ । गीतमा कलाकारहरुको पहिरन , सेटअप , कोरियोग्राफी कुनै बलिउड फिल्मको भन्दा कम छैन । फिल्ममा मिरा अर्थात् मिन्टुको भूमिकामा साम्राज्ञी, इशान अर्थात् इन्टुको भूमिकामा धिरज मगर प्रस्तुत छन् ।
फिल्ममा विवेक लिम्बु, सुनिसा बजगाँइको पनि मुख्य भुमिका रहेको प्रभु शमशेर जवरा, प्रज्ज्वल शमशेर जबराको लगानी रहेको छ । असोज ५ गतेबाट अलनेपाल रिलिज हुन लागिरहेको यस फिल्ममा सुलेखा राई, बसन्त तामाङ र सुस्मिता जिरेल सह-निर्माताको रुपमा रहेका छन् ।फिल्मको लेखकमा अभिमन्यु दिक्षित र रेनाशा , आभास कर्माचार्यको संवाद , टिसूजिल कर्माचार्य, हर्कुलस बस्नेत, स्वप्न सुमन र बसन्त सापकोटाको संगीत रहेको छ । फिल्मलाई एक दशकदेखि कोरियोग्राफी गर्दे आईरहेकी चर्चित कोरियोग्राफर रेनासा वान्तवा राईको डेब्यु निर्देशन गरेकीछिन् ।
Comments
Post a Comment