ढाका (हाम्रो खेलकुद)– साफ सुजुकी कप (साफ च्याम्पियनसिप) को सेमिफाइनल पुगेको नेपाली फुटबल टोलीले आज प्रशिक्षण नगर्ने भएको छ । बंगलादेशविरुद्ध समूह चरणको अन्तिम खेलमा शनिबार अन्तिम रोजाइमा नपरेका खेलाडीले केहि समय जिममा बिताए । पहिलो रोजाईका खेलाडीले रिकभरी सेसनका रुपमा स्विमिङ पुलमा समय बिताएका छन् ।
फाइल तस्बिर
पाकिस्तानसँग २–१ को हारसँगै साफ च्याम्पियनसिपको यात्रा गरेको नेपाली टोलीले ५ दिनको बीचमा ३ खेल खेलिसकेको छ । पछिल्ला दुई खेलमा आफु अनुकुल नतिजा निकाल्दै नेपाल अन्तिम चारमा पुगेको थियो । नेपालले भुटानलाई ४–० र बंगलादेशलाईृ २–० ले हराएको थियो । भुटानलार्ई नेपाल, पाकिस्तान र बंगलादेश सबैले हारएपछि र बाँकी तीन टोलीको समान अंक भएपछि गोलअन्तरका आधारमा सेमिफाइनल पुग्ने टोलीको टुंगो लागेको थियो ।
जसमा भुटानसँगका कुनै पनि टोलीको नतिजा गणना नगर्दा समान ३ अंक भएका तीन गोलमा गोलअन्तरका आधारमा नेपाल समूह विजेता नेपाल समूह विजेता र पाकिस्तान उपविजेता बनेका छन् । समूह एमा तीन टोली रहेका छन् । आज भारत र माल्दिभ्सको खेलपछि सेमिफाइनल समिकरण पुग्नेछ ।
फाइल तस्बिर
भारतले एक खेल जितेको छ भने माल्दिभ्स र श्रीलंकाले समान १ अंक जोडेका छन् । नेपालले समूह एको उपविजेतासँग र पाकिस्तानले अर्को समूहको विजेतासँग बुधबार सेमिफाइनल खेल्नेछन् । अहिले सम्म साफ च्याम्पियनसिप नजितेको नेपाली टोली चौथो पटक सेमिफाइनल पुगेको हो ।
Comments
Post a Comment