कवि दीपा राई पुनको ‘मायाको सागर’ सार्वजनिक (भिडियाेसहित)


जीवन भोगाईका अनुभूतिहरुलाई शब्दमा उतार्न कवि हुन् दीपा राई पुन । पाचँथरको रवीमा जन्मिएर झापाको दमकमा हुर्किएकी उनी अहिले प्रवासमा छिन् ।सानैदेखि नाचगानका साथै लेखनमा रुची राख्ने उनले कविता, कथा र गीत लेखिरहेकी छिन् । ‘उ तिम्रो सपनाको म (२०६८)’, ‘स्पन्दनका रागहरू (२०७०)’ र ‘छुटेको बागदाता (२०७२)’ गरी हालसम्म तीनवटा कविता सङ्ग्रह र फुटकर रूपमा सैयौं कविताहरू प्रकाशित भइसकेका उनले ‘प्रतिरुप’ गीति एल्बम सार्वजनिक गरिसकेकी छिन् ।

नेपालमा पुष्प व्यवसायीकी रूपमा समेत परिचित उनले २००९, २०१० र २०११ मा उत्कृष्ट पुष्प व्यवसायीको पुरस्कार समेत पाएकी थिइन् । हाल अमेरिका बस्दै आएकी उनले पछिल्लो समयमा सांगतिक क्षेत्रलाई प्राथमिकता दिइरहेकी छिन् । उनले ‘प्रतिरुप’ एल्बम भित्रका गीतहरुको म्युजिक भिडियो सार्वजनिक गरिरहेकी छिन् । केहि समय अघि मात्र चर्चित गायिका मेलिना राईको स्वरमा रहेको ‘तिमी मेरो, म तिम्रो’ गीतको म्यूजिक भिडियो सावर्जनिक गरेकी थिइन् ।

भिडियाे

Comments