करदातालाई कर तिर्न जाउँजाउँ लाग्ने वातावरण बनाऔंः अर्थमन्त्री खतिवडा



१ असोज, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले कर प्रशासनका कर्मचारीलाई निष्ठापूर्वक काम गर्न निर्देशन दिएका छन् ।

अर्थमन्त्री खतिवडाले कर असुलीमा कसैले औंला ठड्याउन नपर्ने गरी काम गर्न कर प्रशासनका कर्मचारीहरुलाई सचेत गराएका हुन् ।काठमाडौंको बबरमहलमा सोमबार स्थापना गरिएको मध्यमस्तरीय करदाता कार्यालयको उद्घाटन गर्दै उनले करदातालाई कर तिर्न जाउँजाउँ लाग्ने वातावरण बनाउन पनि करदाता कार्यालयहरुलाई आग्रह गरे ।

अर्थमन्त्री खतिवडाले कर प्रणालीलाई लगानीमंत्री बनाएर करको दायरा बढाउन सरकार सजग र सचेत रहेको पनि स्पष्ट पारे ।

अर्थमन्त्री खतिवडाले सबै व्यवसायिक संघ, संस्थाहरुलाई करको दायरामा ल्याउन कर कार्यालयहरुको स्थापनामा सरकारले जोड दिएको जानकारी दिए ।

मन्त्रिपरिषदको गत असार २० गतेको निर्णय अनुसार सरकारले मध्यम स्तरीय करदाता कार्यालय स्थापना गर्न सुरु गरेको हो ।

२५ देखि ८० करोडसम्म कारोबार गर्ने व्यवसायीहरुको कर असुली गर्ने अधिकार मध्यमस्तरीय करदाता कार्यालयलाई दिइएको छ ।

Comments