मेलिनाको गीतमा यसरी नाचिन् प्रियंका



त्यसो त अहिलेकी चल्तापूर्जा अभिनेत्री हुन्, प्रियंका कार्की । उनको एकपछि अर्को फिल्म प्रदर्शनको पर्खाइमा छ । तर, फिल्मसँगै उनी समानन्तर म्युजिक भिडियोमा समेत छाइरहेकी छिन् ।

यसैको निरन्तरता हो, ‘कोहीले भन्छन्’ बोलको नयाँ म्युजिक भिडियो ।मेलिना राईले गाएकी यो गीतमा पि्रयंकाले कम्मर मर्काएकी हुन् । गीतको शब्द हो, श्रमिक बरालको । संगीत हो, बसन्त सापकोटाको । एरेन्जर हुन्, उदयराज पौडेल । तीजको छेक पारेर सार्वजनिक गरिएको गीत रोमान्टिङ शैलीको छ, सुन्दै नाचौं-नाचौं लाग्ने ।

म्युजिक भिडियो लुम्बिनीको आकर्षक लोकेसनमा छायांकन गरिएको छ । भिडियो दृश्यांकन गरेका हुन्, सुदिप बरालले । कविराज गहतराजले नृत्य संयोजन गरेका हुन् । शुभ मिडिया होमको प्रस्तुती रहेको म्युजिक भिडियोलाई सरोज ओलीले निर्माण गरेका हुन् ।

Comments