स्वीटजरल्याण्डमा नेपालका राजाको स्मारक ! (भिडियो रिपोर्ट)

असोज, बार्सिलोना । स्वीटजरल्याण्डसँग नेपालमा राजारानीहरुको सम्बन्ध जोडिँदै आएको छ । यसै सन्दर्भमा राजा त्रिभुवनको मृत्यु स्वीट्जरल्याण्डको जुरिच युनिभर्सिटी अस्पतालमा भएको सबैलाई थाहै छ । तर, यो अस्पताल परिसरभित्रै त्रिभुवनको एउटा स्मारक अहिलेसम्म सुरक्षित छ भन्नेचाहिँ कमैलाई थाहा छ ।
स्वीट्जरल्याण्ड पुग्ने नेपालीहरु निकै उत्सुकतापूर्वक स्मारक हेर्न अस्पताल परिसरमा पुग्छन् । तर, ठ्याक्कै कल्पना गरेजस्तो भने पाउँदैनन् । झट्ट हेर्दा एउटा सिमेन्टको पट्टी जस्तो लाग्छ । धातुको प्लेटमा कुँदिएका अक्षरहरु मेटिनै लागेका छन् र पढ्न पनि मुस्किल पर्छ ।

Comments