स्वस्थ्य रहनका लागि आफ्ना पार्टनरलाई कसरी प्रेरित गर्ने ?



तपाईं विहान सबेरै उठ्नुहुन्छ । मर्निङवाक जानुहुन्छ । व्यायाम गर्नुहुन्छ । योग गर्नुहुन्छ । खानपानमा उत्तिकै सर्तक हुनुहुन्छ । भनौं, तपाईंको सबैकुरा ठिकठाक छ ।

तर, तपाईंका पार्टनर ?विहान उठ्नै जाँगर चलाउँदैनन् । मर्निङवाक जाने कुरा गर्दा टाउको बटार्छन् । व्यायाम, योगमा त पटक्कै रुची देखाउँदैनन् । फलफूल, सलाद केही खाँदैनन् । पौष्टिक र सन्तुलित खानेकुराप्रति कतिपनि ध्यान दिदैनन् ।

जीवनशैलीमा यसरी तालमेल नमिल्दा के होला ?

पक्कै पनि तपाईंलाई आफ्नो पार्टनरको व्यवहार, स्वस्थ्यप्रति चिन्ता होला । पार्टनर स्वस्थ्यप्रति सचेत नभएको कुराले तपाईंलाई तनाव हुनसक्छ । किनभने तपाईंसँग तपाईर्ंको शरीर मात्र छैन, पार्टनर पनि जोडिएका छन् । तपाईं र पार्टनर नै समग्र परिवारको मेरुदण्ड हुनुहुन्छ ।

पारिवारिक संरचना त्यसबेला कमजोर हुन्छ, जब पार्टनरबीच हरेक कुरामा तालमेल मिल्दैन । व्यवहारिक, आर्थिक, मानसिक कुरामा मात्र होइन, शारीरिक स्वस्थ्यको कुरामा पनि दुबैवीच तालमेल मिल्नुपर्छ । त्यसो भएमा मात्र पारिवारिक सुख मिल्छ । दाम्पत्य सुख मिल्छ ।

Comments