यी युवतीले बनाइन् बलात्कारबाट बचाउने पेन्टी



काठमाडौं । १९ वर्षकी सीनू कुमारीले यस्तो पेन्टी बनाएकी छिन्, जसले युवतीहरुलाई बलात्कारबाट बचाउन सक्छ ।सीनू छिमेकी देश भारतको उत्तर प्रदेश र्फरुखाबाद जिल्लाको एक निम्न मध्यमवर्गीय परिवारका हुन् ।

उनले बनाएको पेन्टीको नाम ‘रेप प्रुफ पेन्टी’ राखेको छ, यसमा एक प्रकारको लग लागेको हुन्छ, जसले बलात्कारबाट बचाउन सक्छ ।

यसमा ब्लेड प्रुफ कपडा प्रयोग गरिएको छ, जसलाई काट्न वा जलाउन सकिँदैन । साथै स्मार्ट लक, जीपीआरएस र एक रेकर्डर पनि छ ।

यो पेन्टी स्मार्ट कल पासवर्डले मात्र खुल्नेछ । सीनू भन्छिन्, ‘यसमा एउटा बटम छ, जसलाई थिच्नासाथ इमर्जेन्सी वा १० नम्बर डायल हुनेछ ।’

पेन्टीमा राखिएको जीपीआरएसको मदतमा प्रहरीले लोकेसन पत्ता लगाउनेछ र रेकर्डरले आसपासमा जे भइरहेको छ, त्यसलाई रेकर्ड गर्ने उनले बताए ।

पुलिसका अलावा इमर्जेन्सीमा पहिला कसलाई कल गर्ने ? किनकी १०० र १०९० नम्बर सँधै सुरक्षाका लागि हुनेछ र पुलिस स्टेशन सबै ठाउँमा हुनेछ । त्यसैले यो नम्बर सेट गरिएको उनि बताउछिन ।

उनले यो बनाउन लगभग ४ हजार भारु खर्च भएको बताउछिन । उनले आफैंले रिसर्ज गरेर पेन्टी बनाएको बताएकी छिन् ।

सरकार वा कुनै कम्पनीले सहयोग गर्ने हो भने यसलाई अझ राम्रो बनाउन सकिने उनले बताएकी छन् ।

Comments