काठमाडौं – दशैंतिहारमा यातायात बन्दोबस्तलाई सहज बनाउने विषयले सरकारको टाउको दुखाइरहेको बेला बस सञ्चालक साहुजीले सरकारलाई अर्काे कडा चेतावनी दिएका छन् ।सरकारले असोज ३ गतेदेखि वृद्धि भएको पेट्रोलियम पदार्थको मूल्य फिर्ता नगरे दशैंका लागि अग्रिक टिकट बुकिङ नगर्ने चेतावनी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले दिएको छ ।
भदौ ३१ गते सरकार र व्यवसायीबीच असोज ५ पाँच गतेदेखि दशैंका लागि अग्रिम टिकट खुलाउने सहमति भएको थियो । सरकारले प्रतिलिटर पेट्रोलमा २ र डिजेल र मट्टीतेलमा ३–३ रुपैयाँ मूल्यवृद्धि गरेको थियो ।
सरकारको मुल्यवृद्धि निर्णय २४ घन्टाभित्र फिर्ता नभए अग्रिम टिकट बुकिङ नगर्ने भन्दै महासंघले विज्ञप्ति जारी गरेको छ । व्यवसायीको चेतावनीले सरकारलाई समस्यामा पारेको छ ।
Comments
Post a Comment