
तुषार कपूर बलिउड अभिनेता हुन् भनेर त चिनाइरहनु पर्दैन । तर, उनी सिंगल फादर पनि हुन् । सिंगल फादर अर्थात अविवाहित पिता । विवाह नगरी तुषार छोरोको पिता बने । सरोगेसी वा भाडाको कोख लिएर उनले छोरो जन्माएका हुन् । तुषारले छोरोको नाम राखिदिएका छन्, लक्ष्य ।
त्यसो त अहिले सेरोगेसी माता-पिता बन्ने क्रम बढ्दो छ । बलिउडकै निर्देशक, निर्माता करण जौहरले पनि यस्तै माध्याम अपनाएर दुई सन्तानका पिता बनेका छन् । उनी अविवाहित हुन् । त्यस्तै, शाहरुख खानले श्रीमती भएपनि कान्छो छोरो भाडाको कोखबाट जन्माएका हुन् । आमिर खानले पनि त्यसै गरे ।कानुनी, प्राविधिक र समाजिक सबै रुपमा अहिले सिंगल पिता वा माता बन्न सकिन्छ । यदी विवाहमा रुची नभए वा अविवाहित रहेर पनि माता-पिता बन्न सकिन्छ ।
प्रसंग तुषारको हो । उनी पनि यसैगरी सिंगल फादर बनेका छन् । तुषार पछिल्लो समय त्यती लाइमलाइटमा छैनन् । त्यसैले कतिपयले उनलाई नचिन्न पनि सक्छन् । उनी अभिनेता जितेन्द्रका छोरो तथा बालाजी फिल्म्स्की हर्ताकर्ता एकता कपूरकी भाई हुन् ।
क्या दिल ने कहा, क्या कुल है हम, ढोल, गोलमाल रिर्टन्स, डर्टी पिक्चर, ये दिल जस्ता दर्जनो फिल्ममा अभिनय गरिसकेका छन् । पछिल्लो समय भने उनी केही सुस्ताएका छन् ।
तुषारले विवाह नगरी बच्चा जन्माए । भाडामा कोख लिएर तुषार बच्चाका पिता बनिरहँदा त्यसले बलिउडमा सानोतिनो तरंग पैदा गरेको थियो । किनभने तुषार पिता बनेको खबर बलिउडका लागि एकदमै अप्रत्यासित थियो । बच्चाका पिता भइसकेपछि तुषारले खुसी व्यक्त गर्दै भनेका थिए, ‘पिता बनेर म एकदम उत्साहित छु । पिता बन्ने इच्छाले लामो समयदेखि मेरो हृदयलाई उथलपुथल बनाइरहेको थियो । लक्ष्य नै मेरो जिन्दगीको सबैभन्दा ठूलो खुसी लिएर आएको छ । भगवान र दक्ष मेडिकल टिमको प्रयास एवं कृपाले म सिंगल फादर बन्न सफल भएको छु ।’
Comments
Post a Comment