४१ जना कैदीहरुले जेलको ढोका फोरेर ट्रकमा भागेपछि



याङ्गुन, म्यानमार । म्यानमारको एउटा जेलमा रहेका दर्जनौं कैदीहरु आइतबार जेल तोडेर भागेका छन्। आइतबार बिहान कारेन राज्यको हा-आन कारागारका कैदीहरुले एउटा ट्रक नियन्त्रणमा लिई जेलको ढोका फोडेर भागेको अधिकारीहरुले बताएका छन्।

अधिकारीहरुका अनुसार कैदीहरुको आक्रमणबाट जेलर घाइते भएका थिए। कैदीहरुले सोही ट्रक लिएर फरार भएका छन्। कारेन राज्यका प्रहरी प्रमुख औङ म्याट मोइले जेलबाट ४१ जना कैदीहरु भागेको जानकारी दिए।

तीन जनालाई भने पुनः प्रक्राउ गर्न सफल भएको पनि उनले बताए। आक्रमण भएको जेलमा झण्डै दुई हजार कैदीहरु रहेका छन्।

Comments