भिडियो सहित / निर्मला बलात्कारको आरोपमा पक्राउ परेका दिलिप विष्टले मुख खोले, सुन्दै अचम्म लाग्ने प्रहरीका यातनाका कुरा !



निर्मला बलात्कारको आरोपमा पक्राउ परेका दिलिप विष्टले मुख खोले, सुन्दै अचम्म लाग्ने प्रहरीका यातनाका कुरा (भिडियो)


कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको वलात्कार गरी हत्या गरेको अभियोगमा सार्वजनिक गरीएका भिमदत्तनगर १९ वागफाटाका ४१ बर्षका दिलिप सिंह विष्टको मानसिक अवस्था झन् बिग्रदै गएको छ गत भाद्र ४ गते हत्याको अभियोगमा विष्टलाई सार्वजनिक गरे लगत्तै स्थानियले प्रहरीले अपराधि बचाउन एउटा मानसिक रोगीलाई सार्वजनीक गरेको भन्दै विरोध गरेका थिए र्निमला पन्तको हत्या अभियागेमा प्रकाउ परेका विष्टको डिएनए परिक्षण पश्चात घटनामा संलग्न नभएको देखिएपछि जिल्ला अदालत कञ्चनपुरले साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो । अदालतको आदेश पछि विष्ट भाद्र २७ गते रिहा भएका हुन । विनाकारण प्रकाउ परेका जस्तो देखिएका विप्टले हिरासतमा प्रहरीले चरम यातना दिएको बताएका छन् ।

दिलिप विष्टका बुवा कमल सिंह विष्टले पहिलेको छोराको अवस्था र प्रहरीले झुटा मुद्या लगाई बलात्कारी र हत्यारा वनाईएका छोराको अहिलेको अवस्था फरक रहेको बताए । आफ्नो छोरा ८ कक्षामा पढ्दा पढ्दै मानसिक अवस्था कमजोर भएपनी पहिलेको अवस्थामा रहदा मान्छेहरु संग रामै्र संग वोल्ने, हिड्दा एकान्त सडक छेउ भएर हिड्ने र खाने कुरा दिएपछि मात्रै खाने भए पनी अहिले उसको पुरै चाल चलनमा परिवर्तन आएको उनको गुनासो छ ।छोराको

अवस्था झन विग्रेको भन्दै उनले सरकार संग उचित उपचारको व्यवस्था मिलाईदिन समेत आग्रह गरेका छन । दीलिपलाई प्रहरीले जबरजस्त रुपमा बलत्कारी र हत्यारा बनाएर आजिवन जेलमा सडाउने तयारी गरेको स्थानीयको आरोप थियो । तर, आफूहरुले आन्दोलन चर्काएपछि बाध्य भएर प्रहरीले उनको डिएनए टेस्ट गर्न पठाएको थियो ।डिएनए टेस्टमा दीलिपको संलग्नता नदेखिएपछि उनलाई अदालतल छाड्न आदेश दिएको हो । प्रहरीले निर्दोषलाई जवरजस्त फसाउँन खोज्नुले प्रहरीमाथि नै आशंका बढेको स्थानीय अधिकारकर्मीहरु बताउँछन् । निर्मलाको बलात्कार पछि हत्या भएको ५३ दिन बितिसक्दा पनि अझै प्रहरीले अपराधी पक्राउ गर्न सकेको छैन्

Comments