दसैंका लागि अग्रिम टिकट असोज ५ गते देखि खुल्ने !!


काठमाडौं । दशैं मनाउन काठमाडौं उपत्यकाबाट आफ्नो घर जाने यात्रुका लागि असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुला हुने भएको छ ।

आइतबार सरकारसँग भएको वार्तापछि यातायात व्यवसायी असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्न तयार भएका हुन् ।

यातायात व्यवसाय यातायात व्यवस्था विभागका महानिर्देशको लावण्य ढकालको अध्यक्षतामा बसेको बैठकले अग्रिम बुकिङ खुला गर्ने सहमति गरेको हो ।

‘आगामी ५ गतेदेखि बुकिङ खुला गर्ने गरी सबै पक्षले तयारी थाल्ने सहमति भएको छ’ अनलाइनखबरसँगको कुराकानीमा उनले भने, ‘हाम्रा सबै माग संबोधनको विषय के(कसरी बढाउने भन्ने विषयको टुंगो सरकारले नै गर्ने भएको छ, भाडाको विषयमा पनि सरकारले निर्णय गर्नेछ ।

Comments