नेपाल आइडलकी मेनुका भारतको चर्चित रियालिटी ‘शो’मा छनोट (भिडियो कुराकानी)



काठमाडौँ। नेपालमा पहिलो पटक प्रसारित अन्तराष्ट्रिय फ्रेन्चाइज गायन रियालिटी शो नेपाल आइडलको प्रथम संस्करणबाट नेपाली साङ्गीतिक क्षेत्रले थुप्रै राम्रा गायकहरू पायो।

ती मध्ये एक हुन् झापाकी गायिका मेनुका पौडेल। नेपाल आइडलको टप ११ बाट बाहिरिए पनि मेनुकाले छोटो अवधिमै दर्शक श्रोताको मनमा ठाउँ बनाउन सफल भइन्।

नेपाल आइडलबाट बाहिरिएकी मेनुकाले आफ्नो स्वरमा नयाँ गीत पनि सार्वजनिक गरिसकेकी छिन्। उनी भारतको चर्चित रियालिटी सोमा छनोट भएकी छिन्। हेर्नुस् उनीसँगको कुराकानी।

Comments