खोलामा डुबेर २ जनाको मृत्यु


काठमाडौं । पर्सा र दाङमा आइतबार २ जनाको डुबेर मृत्यु भएको छ । डुबेर मृत्यु हुनेमध्ये पर्सा पकाहा मैनपुर गाउँपालिका(३ बस्ने ७० वर्षीय बाडु महतो छन् ।

उनको सोही स्थानमा रहेको गंगोल खोलामा डुबेर मृत्यु भएको हो । साथै दाङ घोराही उपमहानगरपालिका(१० स्थित जँवा खोलामा नुहाउने क्रमामा पानीमा डुबेर रोल्पा त्रिबेणी गाउँपालिका घर भएका खिमलाल नेपालीको ६ वर्षीय छोरा आरएन नेपालीको मृत्यु भएको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आबश्यक अनुसन्धान गरिरहेको छ।

Comments