निर्मला हत्याकाण्डविरुद्ध काठमाडौंमा अहिलेसम्मकै ठूलो प्रदर्शन, कहाँबाट आए यति धेरै मान्छे ?



काठमाडौं – बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी किशोरी निर्मला पन्तको हत्यारालाई कारबाहीको माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ । पीडितलाई न्याय दिलाउन दवाव दिने उद्देश्यले गर्दै शनिबार काठमाडौंको माइतीघरमा बृहद् प्रदर्शन गरिएको हो ।

‘निर्मलाका निम्ति न्याय’ नाम दिइएको प्रदर्शनमा हजारौं सर्वसाधरण सहभागी भएका थिए । निर्मलाप्रति श्रद्धाञ्जलि स्वरुप काठमाडौंमा भएको प्रदर्शनमा स्वस्फुर्त मानिसहरू आएका थिए । निर्मला घटनाका दोषी अझैं कारबाहीको दायरमा आउन नसकेको भन्दै सहभागीहरूले सरकारको आलोचना गरे ।

प्रदर्शनका क्रममा सहभागीहरुले मौन बसेको सरकार किन बढ्दैछ बलात्कार रु, सरकार देखाऊ इच्छा खै त महिला सुरक्षा,सरकारले देखायो लाचारी त्यसैले हाम्रो खबरदारी, निर्मलाका निम्ति न्याय, निर्दोषलाई यातना, दोषीलाई उन्मुक्ति रु लगायतका नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।



देशका विभिन्न १९ स्थानमा ‘निर्मलाका निम्ति न्याय’ माग्दै प्रदर्शनको आह्वान सामाजिक सञ्जालमार्फत गरिएको थियो । निर्मलाको गत साउन १० गते बलात्कारपछि हत्या भएको थियो । अहिले न्याय माग्दै निर्मलाका बाआमा काठमाडौं आएका छन् ।

साभार: mediadabali

Comments