पोखरेल समाज बाँकेले हरितालिका तिजको अबसरमा ८०बर्ष नाघेका १०जना बृद्धबृद्धालाइ सम्मान गरेको छ ।पोखरेल समाज बाँकेका अध्यक्ष अछरी पोखरेलको अध्यक्षतामा सम्पन्न सम्मान तथा तिजी कार्यक्रममा सममानित हुनेहरुमा ९बर्षका जेजुराम पोखरेल,१बर्षीय थ्रीकला पोखरेल,१०२बर्षकी राधिका पोखरेल,८१बर्षकी भुमा पोखरेल,८१बर्षीय बालीदेबी पोखरेल,८६बर्षका कमल पोखरेल लगायतका रहेका छन् ।यसैगरी एस इइ परिक्षामा उत्कृष्ठ अंक ल्याउने २ जनालाइ सम्मान गरीएको थियो ।
कार्यक्रममा पोखरेल समाजका सचिव विष्णु पोखरेलले कार्यक्रमको उदेश्य मागि प्रकाश पारेका थिए भने समाजका सल्लाहकार इश्वर पोखरेलले पोखरेल समाज स्थापनाको महत्व र प्रभावका बारेमा प्रकाश पार्दै तिजको शुभकामना दिएका थिए ।
यसैगरी डा. कुमार पोखरेल मणी कुमार पोखरेल,कृष्ण प्रसाद पोखरेल , लाल बहादुर पोखरेल लगायतले बृद्धबृद्धालाइ संयुक्त रुपमा सम्मान गर्दै शुभकामना दिएका थिए । सम्मानित व्यक्तिको तर्फबाट जेजुराम पोखरेलले आफुले पाएको सम्मानले हौसला र खुशी छाएको बताए ।
कार्यक्रमका कुर्ची दौड र चिठठ खेलाइएको थियो ।
कार्यक्रमको संचालन सदर पोखरेल गर्नुभएको थियो । र व्यवस्थापनका सदस्य भरत पोखरेल र कोषाध्यक्ष शुष्मा पोखरेलले गर्नुभएको थियो ।
लोप हुदै गइरहेको नेपाली पन, परम्परा र संस्कृतिलाइ जोगाउने उदेश्यले मौलिकता झल्कीने गितलाइ प्राथमिकता दिएर गित गाउने र नाच्नेगरी तिज मनाइएको थियो । कार्यक्रममा पोखरेल परिवारका १सय भन्दा बढि परिवारको उपस्थिति रहेको थियो ।
Comments
Post a Comment