निर्मलाका बुबाको चित्कार सुनेपछि आइजीपीलाई बादलले दिए यस्तो कडा निर्देशन, आेलीको गयो सातो !



काठमाडाैं । निर्मला पन्तका बाबुआमाले काठमाडाैंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै छोरिको न्यायको निम्ति ज्यानको बाजी लगाउन तयार रहेको भन्दै सरकार अपराधीलाई लुकाउन लागि परेको आरोप लगाएका छन् ।

निर्मलाका बुबाले भक्कानिदै न्यायको खोजीमा रहेका आफूलाई सरकारले अन्याय गर्न खोजेको जनाए । घटनाको सत्यतथ्य कुरा खोज्ने जिम्मा पाएो प्रहरील नै असहयोग गरेको र प्रधानमन्त्री जस्तो व्यक्तिले समेत झुटो कुरा बोलेर मनमा गहिरो चोट पुर्याएको भन्दै आँशु झारेका छन् ।

छोरीको न्यायको लागि अरु दुई छोरीलाई घरमा छाडेर निस्केका पन्त दम्पत्तिको पीडालाई राजनीतिकरण गरेर अनावश्यक किचलो बनाइन लागेको भन्दै विभिन्न अधिकारकर्मी संस्था तथा मानव अधिकारकर्मीहरुले विरोध जनाएका छन् ।



केहि दिन पहिले प्रधानमन्त्री आेलीले बालिकको शव मेयरको आगनमा लगेको, अनुसन्धानमा असहयोग गरेको, बम दिदी बहिनीको जीवनमाथी खेलवाड गर्न खोजिएको भन्दै सार्वजनिक रुपमा टिप्पणी गरेका थिए । जसका कारण पीडित पन्त परिवारका साथै सम्पूर्ण कञ्चनपुरावासीहरु प्रधानमन्त्री आेली विरुद्ध क्रुद्ध बन्न पुगेका हुन् ।

रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै पन्त दम्पत्तिले न्याय दिलाउन नसक्ने अवस्था हो भने गोली हानेर मारिदिए हुने जनाएका छन् । यस्तै उनीहरुले राष्ट्रपति विद्यादेवि भण्डारीलाई महिला भएको नाताले छोरीको न्याय पाउने अधिकारलाई सम्मान गरेर न्याय दिलाउन आग्रह समेत गरेका छन् ।

साभार: nepalpana

Comments