रोचक त के भने उनको पनि दुवै हात बाँधिएका थिए तर ढोका भने भित्रबाट बन्द थियो । प्रहरीले ढोका फोरेर शव निकालेको थियो । सिभिल अस्पतालमा पोष्टमार्टम गरिएकोमा उनको मृत्यु फाँसीकै कारण भएको बताइएको छ ।
सोनीपतकी प्रिती नामकी २४ वर्षीया यी युवतीको बिहे यही २८ फेब्रुअरीमा भएको थियो । उनका पति सम्राट फरिदाबादको ताज होटलमा लेखापाल छन् । प्रिती मोडल टाउनको निजी अस्पतालमा ल्याब टेक्निसियन थिइन् ।
ससुरा कृष्ण र सासु सुनीता मेहन्दीपुर बालाजी गएका थिए । घरमा प्रिती र देवर सुरज थिए । आइतबार राती पति सम्राटले फोन गर्दा प्रितीले फोन उठाइनन् । उनले सुरजसँग कुरा गरे ।सुरज कोठामा जाँदा प्रितीले ढोका खोलिनन् । झ्यालबाट हेर्दा भाउजु पंखामा झुण्डिएकी थिइन् । प्रहरीका अनुसार प्रितीका पिता सुखवीरको उजुरीका आधारमा सम्राट, ससुरा र देवरविरुद्ध दाइजोको लागि हत्या गरेको मुद्दा दर्ता गरिएको छ ।
प्रितीमा भाइ सुमितका अनुसार बिहेपछि नै प्रितीलाई दाइजोको लागि सताउन थालिएको थियो । ५ महिला पहिले सासु र देवले प्रितीलाई कुटेका थिए । बिहेपछि बच्चा नभएको विषयमा पनि प्रितीलाई सताइन्थ्यो । करिब एक हप्ता पहिले मात्रै प्रिती माइती पानीपत गएकी थिइन् । डिसी नेपालबाट
Comments
Post a Comment