
मलेसियामा जारी एसिसि एसिया कप छनोटमा नेपालले सिंगापुरलाई ४ विकेटले हराउँदै दोस्रो जित निकालेको छ।सिंगापुरले दिएको १५५ रनको लक्ष्य नेपालले ६ विकेट गुमाउँदै २८.१ ओभरमा पुरा गरेको हो।नेपालले बलियो सुरुवात गर्दै पहिलो विकेटका लागि ५६ रनको साझेदारी गरेको थियो। तर, टिमको स्कोर ७३ रन हुँदा नेपालले महत्वपूर्ण तीन विकेट गुमायो।अनिलकुमार शाह ४३ रनमा आउट हुँदा सुवास खकुरेल १४ र कप्तान पारस खड्का ११ रनमा पेभेलियन फर्किए।चौथो विकेटका लागि ज्ञानेन्द्र मल्ल र दिपेन्द्रसिंह ऐरीले ४७ रनको साझेदारी गरे। तर, ज्ञानेन्द्र २९ रनमा आउट भएपछि नेपाललले १ सय १९ रनमा ४ विकेट गुमायो।
सामान्य लक्ष्य पक्ष्याएको नेपालले १ सय ४८ रन बनाउँदा ६ विकेट खेर फाल्यो। सागर पुनले १४ रन बनाउदा दिपेन्द्र ऐरीले ३३ रन जोड्न भ्याए। अन्तिममा आरिफ शेख ४ रनमा अभिजित रहे।यसअघि मलेसियाको युकेएम ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुर ४२ ओभरमा एक सय ५१ रनमा अलआउट भएको थियो।
सिंगापुरका तीन खेलाडीले मात्र दोहोरो अंक छुन सके । सुरुवात राम्रो गर्न नसकेको सिंगापुरले १८ रन बनाउँदा तीन विकेट गुमाएको थियो। सिंगापुरका सुरुवाती तीन खेलाडीले दोहोरो अंक छुन सकेनन्।चौथो विकेटका लागि चेतन रामचन्द्र र अनिश इडवार्डले ८० रनको साझेदारी गर्दै टिमलाई सम्हाल्ने प्रयास गरेका थिए। तर, उनको जोडीलाई दिपेन्द्र ऐरीले पारसको बलमा रन आउट गरेर तोडे।
अनिशलाई दिपेन्द्रले ३१ रनमा रनआउट गरेपछि सिंगापुर ९८ रनमा चार विकेट गुमायो। तर, सिंगापुरको विकेट झर्ने क्रम यतिमा रोकिएन। १ सय १८ रन बनाउँदा सिंगापुरले महत्वपूर्ण ६ विकेट गुमाएको थियो।सिंगापुरका कप्तान चेतन ६० रन बनाएर आउट भएपछि सिंगापुरको पारी पुरै खस्कियो।नेपाली बलरसँग संघर्ष गरेर उनले टिमका लागि कप्तानी पारी खेले पनि उच्च स्कोर छुन सकेनन्।
बलिङतर्फ नेपालका सन्दिप लामिछाने र ललित राजवंशी र तीन-तीन तथा सोमपाल कामीले दुई विकेट लिए।यो जितसँगै नेपालले ४ खेलबाट ४ अंक जोडेको छ। समान खेलबाट ६-६ अंक जोडेका युएई र ओमान शीर्ष २ स्थानमा छन् भने हङकङ ४ अंकसहित तेस्रो स्थानमा छ। अब नेपाललाई फाइनल पुग्न गाह्रो परेको छ। अब अन्तिम खेलमा नेपालले हङकङलाई फराकिलो अन्तरमा हराउनुपर्नेछ भने। युएई र ओमानमध्ये कुनै एकले फराकिलो अन्तरमा हराउनुपर्नेछ।
Comments
Post a Comment