
भदौ । बाराको जंगलमा तपस्या गरेर ‘लिटिल बुद्ध’ भनेर चर्चामा आएका रामबहादुर बम्जन माथि बलातकारको आरोप लागेको छ । उनीमाथि रौतहट गुजरा नगरपालिकाकी एक किशोरीलाई गुम्बाभित्र बलात्कार गरेको आरोप लागेको हो ।आज दिउसो पत्रकार सम्मेलन गरी किशोरीले आफूमाथि ‘धर्मगुरु’ बम्जनले पटकपटक बलात्कार गरेको जानकारी गराएको बताइएको छ ।
बलात्कार भएकी भनिएकी किशोरीले आफू २०७१ साउनदेखि २०७५ असारसम्म आश्रममा बस्दा पटकपटक यौन दूर्व्यवहार गरेको बताएकी छन् । १७ वर्षीया आनीले बलात्कार गरेको आरोप लगाएपनि बम्जन पक्षले भने उनको आरोपलाई अस्वीकार गरेको छ ।
साभार: Osnepal
Comments
Post a Comment