अस्पताल पुग्दा डाक्टरले जे भने, त्यसपछि युवतिको होस उड्यो



एजेन्सी । आयरल्याण्डकी यूवति हैरान भइन जब डाक्टरले उनलाई गर्भवती भएको जानकारी दिए । यूवतिलाई आफू गर्भवती भएकोबारे कुनै शंका पनि थिएन । ३७ हप्ताको गर्भ पेटमा रहँदा पनि उनको पेटसमेत बढेन । र महिनावारी पनि रोकिएन।

उनमा गर्भावस्थाका कुनै पनि लक्षण देखिएनन् । यी यूवतिले आफ्नो जीवनमा भएको यो अच्चमको घटनाबारे हालै एक रेडियो अन्तर्वार्तामा खुलासा गरेकी हुन् ।

यो कथा आयरल्याण्डको डबलिन सहरकी २२ वर्षीय विद्यार्थी लारा मोलोयको हो । २०१५ मा उनी एक विश्वविद्यालयमा फिल्म र ब्रोडकास्टिङ विषयमा अध्ययन गरिरहेकी थिइन् ।

लगातार कमजोर भएको अनुभव भएपछि उनी सोही विश्वविद्यालयका डाक्टरसँग स्वास्थ्य जाँचका लागि पुगिन । जब डाक्टरले उनलाई गर्भवती भएको जानकारी दिए उनी हैरान भइन् ।

डाक्टरले उनलाई केही दिनमा आमा बन्नेसमेत बताएका थिए । त्यसपछि उनी अर्को अस्पताल पुगिन र जाँच गराइन् । उनी केही दिनपछि आमा पनि बनिन् ।

ती यूवतिले आफूलाई गर्भवति भएको डाक्टरले भन्नुभन्दा पहिला पनि दुई पटक आफैले गर्भवती टेस्ट गरेको बताइन् । त्यति बेला भने रिजल्ट नेगेटिभ आएको थियो ।

डाक्टरहरुले उनको शरीरमा प्रिगिनेन्सी हार्मोन नभएकाले त्यस्तो रिजल्ट आएको हुनसक्ने बताए । यस्तै गर्भ पनि पाठेघरमा नभइ नलीमा रहेकाले पेट नबढेको डाक्टरहरुको भनाई छ ।

यो सबै घटना भएपछि ति यूवतिका घरमा पनि समस्या भयो । तर, यूवतिले गर्भ आफ्नो ब्वायफ्रेण्ड ल्यूकको भएको भन्दै अभिभावकलाई कन्मिन्स गरिन् । उनले हाल फेरी विश्वविद्यालयमा पढाई शुरु गरेकी छन् । र साथका उनका छोरा फिन पनि छन् ।

Comments