
२८ भदौ, बुटवल । उपचार खर्च तिर्न नसकेपछि लामो समयसम्म अस्पतालमै ‘बन्धक’ बनाइएका सुरज बिकले ढिलै भएपनि न्याय पाएका छन् ।
उनले अस्पताललाई तिर्नुपर्ने रकम मिनाहा भएको छ । प्रदेश ५ का सामाजिक बिकास मन्त्री सुदर्शन बराललेे जेनस अस्पताललाई रकम मिनाहाका लागि निर्देशन दिएका थिए । अस्पतालले आफ्नो बेड संख्याको १० प्रतिशत निःशुल्क उपचार गर्नुपर्ने प्राबधानलाइै टेकेर मन्त्रीले उपचार खर्च मिनाहा गर्न भनेका थिए ।
Comments
Post a Comment