आफ्नै साथी तड्पी तड्पी मरेको हेर्दै प्राणको भीख मागिरहे, भीडले पालैपालो जनावरले झै कुटीकुटी मारे ३ जनालाइ (हेर्नुहोस् भिडियो)
भारतको बिहारमा आज दिउँसो ५ कक्षामा पढ्ने छात्रालाई अपहरण गर्न आएका तीन गुण्डालाई उत्तेजित भीडले निकै विभत्स तरिकाले हत्या गरेको छ ।अपहरण गर्न आएका तीन गुण्डालाई भीडले दुर्गा माताको जयजयकारको नारा लगाउँदै कुटीकुटी मारेको हुन । भारतको बिहारको बेगुसराय जिल्लामा भएको उक्त घटनामा तीन जनामध्ये एक जनाको घटनास्थलमै र २ जनाको अस्पतालमा मृत्यु भएको हो ।मृतकहरु मुकेश महतो, श्याम सिंह भनिने बौना सिंह र हीरा सिंह खतरनाक गुण्डा
भएको बताइएको छ ।भीडले मुकेश महतोलाइ कुटिरहेको बेला सब इन्स्पेक्टर अमोदकुमार सिंह ४ जवानसहित गस्तीमा घटनास्थल पुगेका बताइएको छ । पुलिसले श्याम सिंह र हीरा सिंहलाई भीडबाट बचाएर स्कुलको कोठामा तर आक्रोशीत स्थानीयले ताला तोडेर दुवैलाई बाहिर निकाले ।पुलिसले दुबैलाइ बचाउन कोशिस गर्यो तर उल्टै त्यो भिडले पुलिसलाई नै लखेटे ।स्कुलको कम्पाउण्डमा अर्धमृत अवस्थामा रहेका मुकेश सिंहलाई जसोतसो पुलिसले अस्पताल लग्यो तर उनको मृत्यु भइसकेको थियो । घटनाको २ घण्टासम्म पनि अन्य २ जना स्कुलको कम्पाउण्डमै तड्पिँदै रहे । पछि पुगेको थप प्रहरी बलले उनीहरुलाई अस्पताल पठायो तर अस्पताल पुग्दा उनीहरुको पनि मृत्यु भयो । हेर्नुहोस् भिडियो
Comments
Post a Comment