
सप्तरी, २८ भदौ । सप्तरीमा स्वाइनफ्लु र हङकङ फ्लु रोग फेला परेको छ । जिल्लाको कञ्चनरुप र हनुमाननगर कंकालनी नगरपालिकामा यो दुबै रोग फेला परेको हो ।
कञ्चनरुप नगरपालिकामा ज्वरोका कारण तीन जनाको मृत्यु भएपछि स्वास्थ्य सेवा विभागबाट चिकित्सकहरुको टोली यहाँ आएर रगत संकलन गरी परीक्षण गरेको थियो । परीक्षण गरिएको रगतबाट एक जनामा स्वाईन फ्लु (एचवानएनवान) र १० जनामा हङकङ फ्लु (एच थ्री एन टू) को भाइरस फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख निरञ्जन यादवले जानकारी दिए ।
Comments
Post a Comment