निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरण : डीआईजी धीरु बस्नेतको नेतृत्वमा छानविन समिति गठन


काठमाडौं। नेपाल प्रहरीले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको छानविन गर्न डीआईजी धीरु बस्नेतको नेतृत्वमा छानविन समिति गठन गरेको छ।

घटनाको अनुसन्धानका क्रममा ६ जना प्रहरी निलम्बनमा परेपछि नेपाली प्रहरीले डीआईजी बस्नेतको नेतृत्वमा छानविन समिति गठन गरेको हो।

समितिमा यसअघि गठित समितिका संयोजक एसएसपी उत्तम सुवेदी र एसएसपी नरेश शाही सदस्य छन्। समितिमा सीबीआर र पोलिग्राफ टेस्ट गर्न सक्ने विज्ञ अधिकृतलाई सदस्य तोकिएको छ।

Comments