काठमाण्डौको स्वयम्भुमा महानगरका प्रहरी कुटिए, स्थानीय आक्रोशित भएपछि घट्यो घटना, तीन जना प्रहरी नियन्त्रणमा


काठमाण्डौमै महानगरका प्रहरी कुटिएका छन् । काठमाण्डौ महानगरपालिकाका नगर प्रहरी काठमाण्डौमै कुटिएका हुन् । उनिहरुलाई स्वयम्भुमा कुटिएको काठमाण्डौ महानगरपालिकाले जानकारी दिएको छ । फुटपाथ हटाउन गएका काठमाडौँ महानगरका प्रहरी स्वयम्भूमा कुटिएका हुन् ।

महानगरीय प्रहरीका अनुसार करिब एक सय ५० जनाको समूहले नगर प्रहरीलाई हातपात गरेका थिए । महानगर प्रहरी निरीक्षक पूर्णचन्द्र भट्टको कमाण्डमा स्वयम्भू हलचोकमा रहेको फुटपाथ हटाउने क्रममा झडप भएको हो । महानगरीय प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएका छन् ।

प्रहरीले घटनामा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ समेत गरेको छ । पक्राउ पर्नेमा सिजन बजगाईं, राजु श्रेष्ठ र उद्धवप्रसाद बाँस्तोला रहेका छन् । उक्त समूहको आक्रमणबाट घाइते हुनेहरुमा नगर प्रहरीका हवल्दार इन्दिरा कार्की, प्रयास घिमिरे घाइते भएका छन् ।

Comments