आफ्नै सरकारको विरोधमा सडकमा उत्रियो अनेरास्ववियू, जनताको विरुद्ध नजान सरकारलाई चेतावनी, के गर्छ अब सरकार ?

आफ्नै दलको सरकारको विरोधमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आवद्ध अनेरास्ववियू सडकमा उत्रेको छ । अनेरास्ववियुले यातायातमा १० प्रतिशत भाडा वृद्धि गर्ने निर्णयप्रति असन्तुष्टि जनाउँदै तत्काल फिर्ता लिन सरकारलाई दबाब दिन सुरु गरेको छ ।दसैँ जस्ता चाडपर्वको मुखमा जनताको अपेक्षा विपरित सरकारले जनघात हुनेगरी यातायातमा भाडा बढाउने निर्णय गरेपछि त्यसलाई तत्काल फिर्ता गराउन दबाब आन्दोलन सुरु गर्नुपरेको अनेरास्ववियूका सचिव सुदेश पराजुलीले जानकारी दिए । अनेरास्ववियू पशुपति बहुमुखी क्याम्पस कमिटीले आह्वान गरेको विरोध प्रर्दशनमा दुई तिहाई बहुमतको लोकप्रिय सरकारले जनताको अपेक्षा विपरितका काम गर्न नहुने भन्दै असन्तुष्टि व्यक्त गरिएको थियो उनीहरुले सरकारलाई जन अपेक्षा विपरित कुनै पनि गतिविधि नगर्न पनि सचेत गराएका थिए । प्रर्दशनका क्रममा अनेरास्ववियूका नेता, कार्यकर्ताहरुले यातायातमा बढाइएको १० प्रतिशत भाडादर फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी पनि सरकारलाई दिएका छन् ।

Comments