पेट्रोलियम ट्याङ्कर चालक र हेल्परको तलब वृद्धि गर्न माग



काठमाडौँ । नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घले चालक र हेल्परको तलब वृद्धि नगरेको भन्दै आइतबार सबै ट्याङ्करको साँचो नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घलाई बुझाउने भएको छ।

नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घका अध्यक्ष ईश्वर लामाले आज एक विज्ञप्ति जारी गरी भदौ ३ गते श्रमिकका सेवा सुविधाका बारेमा १८ बुँदे मागपत्र राखेर नेपाल आयल निगम र ढुवानी व्यवसायी महासङ्घलाई ज्ञापनपत्र बुझाउँदा पनि माग पूरा गर्न आलटाल गरेकाले साँचो बुझाउन लागिएको बताए।

“नेपाल आयल निगम र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घले हाम्रा मागप्रति पटकपटक बैठक बस्दासमेत सुनुवाइ गरेन, त्यसैले भोलिदेखि साँचो बुझाएर काम नगर्ने निर्णय गरेका छौँ”, अध्यक्ष लामाले भने।

Comments