निर्मला प्रकरणः प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग्दै कांग्रेसले भन्यो, असोज ७ सम्म दोषी पत्ता नलागे..

काठमाडाैं । नेपाली कांग्रेस कञ्चनपुरले पार्टीको झण्डासहित निर्मला पन्तलाई न्याय दिन नसक्ने सरकारका प्रधानमन्त्री केपी शर्मा आेली र गृहमन्त्री राम बहाददुर थापा ‘बादल’को राजीनामा मागेका छन् ।
गणेशमान सिंहको २१ आैं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा पार्टी र भातृ संगठनको झण्डासहित निस्केको कांग्रेसले सरकारको निकम्मपनले निर्मला जस्ता थुप्रै महिलाले अनाहक मै ज्यान गुमाउनु परेको जनाएको छ ।
असोज ७ गतेसम्म सरकारले वास्तविक हत्यारा सार्वजनिक गरेर निर्मलाका आमा–बुबालाई न्याय नदिए कांग्रेसले चरणवद्ध आन्दोलनको घोषणा गर्ने चेतावनी समेत दिएको छ ।
प्रदर्शनमा कांग्रेस कञ्चनपुरका सभापति हरिप्रसाद बोहरासहितका पदाधिकारी तथा जिल्ला सदस्यहरु, पूर्व जिल्ला सभापति यज्ञराज जोशी, पूर्वसांसद गंगादत्त जोशी, पूर्वजिविस उपसभापति पुस्करराज ओझा, भ्रातृ तथा शुभेच्छुक संगठनका प्रमुखलगायतका नेता–कार्यकर्ता तथा स्थानीयवासीको बाक्लो सहभागिता रहेको थियो ।
Comments
Post a Comment