नाडा अटो शो’मा लोभलाग्दा सुन्दरीको मोहनी लगाउने पोज (फोटो फिचर)


काठमाडौं। राजधानीको भृकुटीमण्डपमा मंगलबारबाट सुरु भएको नाडा अटो शोमा नयाँ नयाँ मोडलका गाडीहरुसँगै फरक फरक लुक र फेशनका सुन्दरीहरुसमेत आकर्षणको केन्द्र बने । शोमा पुग्नेहरुको नजर जति नयाँ गाडीमा जान्थ्यो उत्तिकै ती सुन्दरीहरुमाथि अडिन्थ्यो । विभिन्न गाडी कम्पनी र डिलरले आफ्नो ब्राण्डको प्रमोशनको लागि यी सुन्दरीहरुलाई शोमा सहभागी गराएका थिए । सवारी साधनहरुको समग्र जानकारी दिने उद्देश्यले नाडा अटोमोबाईल्स एशोसिएशन अफ नेपालले नाडा अटो शो आयोजना गरेको हो।

सवारी साधनको प्रचारप्रसारमा सुन्दरीहरु प्रयोग गरिने ट्रण्ड नै बनिसकेकोले यसपटकको शोमा पनि धेरै सुन्दरीहरु देखिए । अटो शो को उद्घाटन अर्थमन्त्री डा. युवराज खतिवडाले गरेका थिए । शो मा १९ वटा ब्राण्डका ४ पाङग्रे तथा २० वटा ब्रान्डका २ पाङग्रे सवारी साधनहरु राखिएको छ। अटो शोमा यस वर्ष ७१ वटा कम्पनीहरुको सहभागिता रहेको छ। ६ दिनसम्म चल्ने शोमा १ सय ४ वटा स्टल रहेका छन्। अटो मोवाईल्स क्षेत्रले गत आर्थिक वर्षमा नेपालको अर्थतन्त्रमा २० प्रतिशत योगदान दिएको छ। फोटोमा हेर्नुहोस् शोमा आएका सुन्दरीहरु –

Comments