बिसाधी मदिरा पिउँदा मलेसियामा ४ नेपाली सहित १५ जना मृत्यु दर्जनौं उपचाररत ।



क्वालालम्पुर मलेसिया

मलेसियाका विभिन्न स्थानमा विषाधि मदिरा पिउँदा चार नेपाली सहित १५ जनाको मृत्यु भएको छ । मलेसियाका विभिन्न हस्पिटलमा मृत्यु भएकाहरुको सङ्ख्या समाचार तयार हुदा सम्म १५ जना पुगेको छ ।

ज्यान गुमाउने नेपालीहरुको विवरण आझै खुल्न भने सकेको छैन भने उक्त पदर्थ सेबनबाट नेपाली लगायत इन्डियन, बाङ्लादेसि,म्यान्मारका नागरिकहरु रहेका छन।

बिरामी भएकाहरु मध्य अहिलेसम्मकै उच्च सङ्ख्यामा सुङ्गाइबुलोमा २२ जना रहेको र ७ को मृत्यु भैसकेको छ तेस्तै गरी काजाङमा ४ जना गेम्बाकमा ४ जना गरि १५ जनाको मृत्यु भैसकेको स्थानीय अन्लाईनहरुमा खबर छापिएका छ।

बिरामीहरुको मलेसियाको सुङ्गाइबुलो,आम्पाङ, केलाङ,साहआलम, बान्तिङ लगाएतका अन्य हस्पिटलहरुमा उपचार भइरहेको छ ।

Comments