काठमाडौं (हाम्रो खेलकुद) – एसियाली खेलकुदमा १५ अौं स्थान हासिल गरेको नेपाली पुरुष भलिबल टोलीलाई नेपाल भलिबल संघ (एनभीए) ले अाइतबार राजधानीमा सम्मान गरेको छ ।
सम्मान कार्यक्रममा टोलीका खेलाडी र प्रशिक्षकसँगै संघका पदाधिकारीले केक काटे । संघले प्रत्यक खेलाडीेलाई १० हजार रुपैयाँले सम्मान गर्यो । एसियाली खेलकुदमा हासिल गरेको सफलताले दक्षिण एसियाली खेलकुदमा थप हौसला पुग्ने संघले जनायो ।
एसियाली खेलकुदमा नेपाल दक्षिण कोरिया र चाइनिज ताइपेइसँग समूह चरणमा पराजित भएको थियो । त्यसपछि वरियता निर्धारण गर्न भएको प्लेअफअन्तर्गत नेपालले मंगोलियालाई १३/१८ प्लेअफमा हरायो । लगत्तै श्रीलंकासँग पराजित भएपनि त्यसपछिको खेलमा किर्गिस्तानले वाकअोभर दिएपछि नेपालले १५ अौं स्थान हासिल गरेको थियो ।
नेपाली टोली :
इम बहादुर मगर (कप्तान), कुलबहादुर थापा, राजु शेरचन, दीपकराज जोशी, विशाल विक, मानबहादुर श्रेष्ठ, हरि अधिकारी, भैरव वम, इश्वर थापामगर, नरेन्द्र गिरी, धनबहादुर भट्ट, दुर्गा महतो
लेस्ली डे जोङ – मुख्य प्रशिक्षक
जगदीश भट्ट – प्रशिक्षक
भरतबहादुर शाह – व्यवस्थापक
Comments
Post a Comment