
रविना बादिका श्रीमान श्यामलाल ओली मिडियामा आएपछि रविनालाई यस अघि सपोर्ट गर्नेहरुले पनि तथानाम गाली गर्न थालेका छन् । रविना ६ महिना अघि देखि आफु श्रीमान र परिवारवाट पीडित भएको भन्दै काठमाडौं आइपुगेकी थिइन् । काखमा सानो छोरी बोकेर आएकी रविनाले आफुलाई परिवार र श्रीमानले समेत तिरस्कार गरेको बताए पछि उनको सपोर्टमा भिडियो हेर्नेहरुले निकै कमेन्ट गरेका थिए ।रविना मिडियामा छाएको ६ महिना पछि उनका श्रीमान श्यामलाल ओली पनि मिडियामा आएका छन् । उनले रविनाले आफुलाई लगाएको सबै आरोप झुटो भन्दै प्रतिकृया दिएपछि रविनालाई सपोर्ट गर्नेहरु नै उनका विरुद्धमा खनिएका छन् । उनले दिएको अन्तरवार्तामा निकै निकृष्ट शब्दहरु प्रयोग गरेर गाली गरिएको छ ।
त्यस्ता नराम्रा शब्दहरु हेर्न र सुन्न नसकेको भन्दै रविनाले भिडियोमा रुँदै फेरी आफ्ना समस्या राखेकी छन् । उनले आफुले गलत भनेको भए ६ महिना सम्म सार्वजनिक हुन नसक्नु र आफ्ना कुरा किन राख्न सकेनन् भनेर श्यामलाललाई प्रश्न गरेकी छन् ।
आफु दलित भएका कारण परिवारले तिरस्कार गरेको र पति श्यामलालले पनि सपोर्ट नगरेको उनको भनाई छ । सानी छोरी बिरामी हुँदा उपचार खर्च समेत नदिएर बेखर्ची भएको रविनाले रुँदै बताएकी छन् ।
Comments
Post a Comment