माल्दिभ्स र श्रीलंकाको समान १ अंक भएपछि आयोजक दक्षिण एसियाली फुटबल फेडेरेसनले (साफ) ले गोलप्रथाबाट टिम छनोट गरेको हो । जसमा माल्दिभ्सले बाजी मार्न सफल भएको हो । माल्दिभ्स र श्रीलंकाले भारतसँग समान २–० को हार बेहोरेको थिए ।
साफ च्याम्पियन्सिप अन्तर्गत समूह ‘बी’ को अन्तिम खेलमा भारतले आइतबार माल्दिभ्सलाई २-० ले पराजित गरेको हो । यस नतिजासँगै भारत समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ । भारतका लागि दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो । भारतका लागि निखिल पुजारीले ३६ मिनेटमा सुरुआती अग्रता दिलाएका थिए । मनवीर सिंहले ४४ औं मिनेटमा दोस्रो गोल गरे । दुवै खेलाडीको भारतका लागि यो पहिलो अन्तर्राष्ट्रिय गोल हो समूहको यसअघिका खेलमा भारतले श्रीलंकालाई २-० ले पराजित गरेको थियो भने माल्दिभ्स र श्रीलंकाको खेल गोलरहित बराबरीमा टुंगिएको थियो । आजको खेलमा माल्दिभ्स २-० ले नै पराजित भएपछि नेपालको प्रतिद्वन्द्वी गोलाप्रथाबाट छिनोफानो हुने भएको थियो ।
नेपालले अब माल्दिभ्ससँग सेमिफाइनल खेल्नेछ भने पाकिस्तान र भारत फाइनल प्रवेशका लागि भिड्नेछन् । सेमिफाइनल खेल बुधबार हुनेछ । नेपालको सेमिफाइनल खेल नेपाली समय अनुसार ३:४५ बजे हुनेछ । नेपाल भने समूह विजेताको रुपमा शनिबार नै अन्तिम चारमा स्थान बनाउन सफल भएको थियो ।
Comments
Post a Comment