तीज विशेष : बजारको हैन् यसरी घरमै बनाएर खानुहोस् स्वस्थ र ताजा रसवरी (विधिसहित)



नारीहरुको महान चाड तीज नजिकै आएको छ। अहिलेदेखि नै तीजको दर खान सुरु भइरहेको छ। यसै पर्वलाई मध्यनजर गर्दै हामीले आज रसवरी बनाउने तरिकाका बारेमा जानकारी दिदैछौँ ।

दुध फटाउने आवश्यक चिज बस्तु यस प्रकार छन्

आवश्यक सामाग्री
कागती
दुध
चिनी
छेना छान्ने कपडा
मैदा वा आरारोट र व्याकिङ पाउडर

बनाउने तरीका : सबभन्दा पहिले दुध उमाल्ने त्यसपछि दुधलाई तर जम्ने गरी सेलाउन दिने तयपछि ५ लिटर दूध बराबर एक लिटर पानी उमाल्ने, उम्लिसकेको पानीमा आधा गिलास भेनेगर हाल्ने वा १०० ग्राम फिटकीरी पगाल्ने र त्यो मिक्स पानीलाई केही तातो दुधमा हाल्ने दुध फाट्छ।

९,१० मिनेट पछि छेना छान्ने कपडामा विस्तारै हाल्नुहोस् र विस्तारै निचाड्नुहोस्। छेना तयार भयो त्यसपछि त्यो छेनालाई एउटा सफ फलेक वा त्यस्तै भाडोमा हाल्नुहोस्। बाँकी तपाईको हत्केलाले त्यसलाई राम्ररी मिन हुने गरी माड्न सकियोस्।

माडिसकेपछि छेना आधा साना चम्चा व्याकिङ पाउडर र ठूलो चम्चा आरारोट या १ चम्चा मैदा मिलाउनुहोस्। त्यसपछि एक लिटर पानीमा २ किलो चिनी एउटा मुख फराक भएको भाडो या कर्राईमा चास तयार गर्नुहोस्। चिनीको चास तयार भएपछि छेनलाई राम्ररी सानो सानो डल्लो बनाई त्यही चासमा हाली उमाल्नुहोस्।

फिज आउनको लागि अलिकति मैदा पानीमा घोलेर चास हाल्नुहोस् र अर्को चुल्होमा पानी पनि बसाल्नुहोस जब चास सुक्दै जान्छ तब डाडुले पानी हाल्नु चलाउनुहोस्। एवं रितले १५,२० मिनेट पकाउनुहोस्। र एउटा भाडोमा उमालेको पानी हाली त्यसमा रस भरी झकिेर हाल्नु होस् रसभरी झकि सकेपछि त्यसमा थोरै चास हाल्नुहोस्। अब रसवरी तयार भयो।

Comments