मृत्तकको शव नेपाल पठाउने तयारी

मलेसियामा विषाक्त रक्सीका कारण ज्यान गुमाउने नेपालीको शव नेपाल पठाउने तयारी भइरहेको छ । पोष्टमार्टम तथा अन्य अनुसन्धान प्रक्रिया सकिएपछि सम्बन्धित रोजगादाताको सहयोगमा शव नेपाल पठाउन आवश्यक पहल भइरहेको नेपाली दूतावास मलेसियाले जनाएको छ ।

सुरक्षा सतर्कता अपनाउन नेपाली दूतावासको आग्रह

नजिकिंदै गरेको दसैँ, तिहार र छठ पर्वमा यस्ता घटना दोहोरिने सम्भावना भएकाले सतर्कता अपनाउन दूतावासले आग्रह गरेको छ । विषाक्त रक्सीका कारण ज्यान गुमाउने ६ नेपालीका परिवारप्रति समवेदना व्यक्त गर्दै नेपाली दूतावासले मलेसियामा रहेका सबै नेपालीलाई विशेष सावधानी अपनाउन भनेको छ ।

दूतावासका अनुसार मलेसियामा विषाक्त रक्सीका कारण बेलाबेला केहीको ज्यान जाने गरे पनि यति धेरै नेपालीको ज्यान गएको र बिरामी परेको यो पहिलो घटना हो ।

यस्ता घटना नहोस् भनेर दूतावासले विभिन्न सचेतनामूलक सन्देशसहित सतर्कता अपनाउन अनुरोध गरे पनि बेलाबेला रक्सीका कारण नेपाली कामदारको ज्यान जाने गरेको जनाएको छ ।

दूतावासले मलेसियाको हावापानी, वातावरण र संस्कृति नेपालको भन्दा फरक भएकाले आफ्नो स्वास्थ्य तथा सुरक्षामा थप सतर्कता तथा अपनाउन अपील गरेको छ ।

Comments