काठमाडाैं । सरकारले देशैभरका सरकारी कार्यालयमा संविधान दिवसको आयोजना गरेर भव्य डंगले मनाउन आग्रह गरेको थियो । सोहि अनुरुप सातै प्रदेशमा संविधान दिवस आ-आफ्नै तरिकाले मनाइयो ।व्यापक विरोध हुने ठानिएको प्रदेश २ मा समेत सरकारका कर्मचारीले नै भएपनि संविधान दिवस मनाए । संघिय सरकारले काठमाडाैंको टुडिँखेलस्थित सैनिक मञ्चमा बिहान ७ वजेदेखि भव्य कार्यक्रमको आयोजना गरेर मनायो । तर, आफै सहभागी सरकारको कार्यक्रममा नगएर गुप्त वसे एक जना सरकारका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव ।
उपप्रधान तथा स्वास्थ्यमन्त्री यादवले हिजो मात्रै निर्वाचनमा भाग लिने तर संविधान दिवस मनाउन्नाैं भन्नु अत्यन्तै लज्जास्पद कुरा हो भन्दै टिप्पणी गरे । स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा आेलीसंको टेलिफोन वार्तामा यादवले म कार्यक्रममा आऊँछु भनेर वचन समेत दिएका थिए ।
सोहि अनुरुप सैनिक मञ्चमा कार्यक्रमको सुरुवात हुने समय भन्दा झण्डै ५ मिनेट अगाडी पुगेका प्रधानमन्त्री आेलीले कानेखुसि गर्दै खै त उपेन्द्र जी भनेपछि भने एकाएक सन्नाटा छाएको थियो ।
यता उपेन्द्र यादव भने फोन स्विच्ड अफ गरेर बसेको स्रोतले जनाएको छ । यादव कार्यक्रममा जाने सोचमा रहेका थिए तर, प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउत र फोरमकी उपाध्यक्ष रेणु यादवले पार्टी फुटाउने चेतावनी दिएपछि हच्किएको स्रोतको दावी छ ।
Comments
Post a Comment