सल्यानको बागचौर नगरपालिका १२ ओख्रेनी मुलखोलामा पहिरोमा तीन बालबालिका पुरिएका छन् ।
आइतबार बेलुकी ५ बजेतिर स्थानीय बालाराम डाँगीको घर पहिरोमा पुरिंदा उनका १० वर्षीय छोरी ललिता, ७ वर्षीय छोरा ललित र ४ वर्षकी छोरी मेनका बेपत्ता भएका हुन् ।
पहिरोमा परेर बालाराम डाँगी र उनकी श्रीमती समेत घाइते भएकी छन् । घरमा बालबालिकाले खाना खाँदै गरेका बेला पहिरो खसेको थियो ।
-internetkhabar
Comments
Post a Comment