
धनगडी – कन्चंपुर निर्मला पन्त बलात्कार घटनाबाट ब्यापक चर्चामा आएका निलम्बित एसपी डिल्लीराज विष्ट दुई बर्ष दार्चुलामा डीएसपीको रुपमा बसेको रेकर्ड जिल्ला प्रहरी कार्यालयमा सुरक्षित रहेको छ ।
एसपी बिष्ट ०६४ पुस ३० देखि ०६६ मंसीर २८ सम्म दार्चुलामा प्रमुख भएर कार्यालय चलाएका थिए । आजको कान्तिपुरमा छापिएको छ ।
उक्त अवधिमा जिल्ला प्रहरी कार्यालयमै कार्यरत महिला प्रहरीलाई दुव्र्यवहार गरेको आरोप लगाएर स्थानीयले जिप्रका घेराउ र आन्दोलन भए पछि जिल्ला बाहिर तानिएको स्थानीयले बताएका छन् ।
एसपी विष्ट जिल्लामा प्रहरी प्रमुख भएको बेला दुहु गाउँपालिका ३ को ब्रहमदेव प्रहरी चौकीमा प्रहरी हिरासतमा एक जनाको मृत्यु भएको जनाइएको छ ।
उनि महिला मामिलामा उनमा कमजोरीहरु धेरै थिए एक जना स्थानीयले भने, यहाँ बस्दा उनको व्यवहार र कामकारबाही निष्पक्ष नै थियो स्थानीय भएकाले पनि हुन सक्छ ।
साभार: mediadabali
Comments
Post a Comment