
कञ्चनपुर: निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानका क्रममा पक्राउ परेका बम दिदीबहिनी रोशनी र बबितालाई थप ७ दिन थुनामा राख्न म्याद दिइएको छ । उनीहरुलाई बिहीबार जिल्ला अदालतले दोस्रो पटक म्याद थपेको हो ।
गत शुक्रबार पक्राउ परेका उनीहरुलाई अदालतले पक्राउ परेको दिनदेखि ६ दिन थुनामा राख्न म्याद दिएको थियो । प्रहरीले अनुसन्धान जारी रहेकाले दोस्रो पटक म्याद थपका लागि बिहीबार अदालतमा पेस गरे पछि जिल्ला अदालतले ७ दिन म्याद थप्न स्वीकृति दिएको हो ।
भदौ ५ गते प्रहरीले घटनाको दोषीका रुपमा सार्वजनिक गरेको दिलिप विष्ट स्वास्थ्य परीक्षणका लागि काठमाडौंमा भएकाले पछि म्याद थप हुने प्रहरीले जनाएको छ ।
। विष्टलाई अघिल्लो सोमबार १० दिन थुनामा राख्न अदालतले दिएको म्याद बुधबार समाप्त भएको हो ।
Comments
Post a Comment